काठमाडौं । वीर अस्पतालकी एक नर्स डाक्टरको घरमा मृत फेला परेकी छन्।
वीर अस्पतालमा कार्यरत नर्स अनुमा श्रेष्ठ कान्ती बाल अस्पतालका डाक्टर सुजन ढकालको घरमा मृत फेला पर्नुभएकाे हाे ।
उहाँहरु एकअर्काको प्रेममा रहेको र सुजनले विवाह गर्न नमानेपछि अनुमाले आत्माहत्या गरेको आशंका प्रहरीको छ। घटनास्थलमा सुसाइड नोट पनि फेला परेको छ।
घटनाबारे प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार १ : ४७ बजे
प्रतिक्रिया