संखुवासभाको फ्याक्सिन्दामा पहिरो खसेपछि थुनियो अरुण

संखुवासभा । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनास्थल फ्याक्सिन्दामा सुख्खा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । आइतबार बिहानबाट सुक्खा पहिरो खसिरहेकाले अहिले डाइभर्सनबाट नदीको पानी बगाउने प्रयास भइरहेको छ । अरुण थुनिएपछि अरुण तेस्रोमा ड्यामसाइडको काम ठप्प भएको छ ।

निर्माणस्थलमा निर्मित टनेल थुनिएपछि अहिले आयोजना पक्षले ड्यामसाइडबाट नदीको पानी फ्लो गराउने प्रयास गरिरहेको छ ।  सुक्खा पहिरो खसिरहेकाले नियमित मार्गबाट नदीको बहाव गराउन केही समय लाग्ने देखिएको छ ।

नदी थुनिएको ठाउँ खतराबाट बाहिर रहेको प्रहरीले जनाएको छ । नदीको बहाव नियमित मार्गबाट गराउन भने केही समय लाग्ने देखिएको छ । प्रहरी घटनास्थलमा पुगिसकेको र स्थानीय बासिन्दा पनि सक्रिय रहेकाले नियमित मार्गबाट नदीलाई बगाउने प्रयास भइरहेको डीएसपी गोदारले बताउनुभयाे ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १ : १९ बजे