काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि सोमबार बस्ने भएको छ ।
पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट शनिवार राजीनामा दिनुभएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको हो ।
साथै पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको सो पार्टीले जनाएको छ ।
केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकबारे रास्वपाले शनिवार जुम मिटिङ गरी जानकारी दिएको थियो ।
भोलि बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको पार्टी उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिनुभयो ।
प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार ११ : ०६ बजे
प्रतिक्रिया