प्रचण्ड सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने बुँदा न्यूनतम नीति तथा कार्यक्रमबाट हटाएको खुलासा

काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने बुँदा न्यूनतम नीति तथा कार्यक्रमबाट हटाएको खुलासा भएको छ ।

नेकपा एमालेसहितको समर्थन रहेको बेला उल्लेख भएको भ्रष्टाचारीलाई कारबाही गर्ने बुँदा नेपाली काँग्रेस सरकारमा आएपछि हटाएको खुलेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले समर्थन फिर्ता लिने सम्भावना बढेको छ ।

सो बारेमा निर्णय लिनका लागि रास्वपाले सोमवार केन्द्रीय तथा संसदीय दलको बैठक बोलाएको छ ।  

‘सरकारले न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी विषय हटाएकाले हाम्रो गम्भीर आपत्ति छ । मतदाताले केही थान मान्छेलाई संसद्मा पठाएको होइन । एजेन्डासहित पठाएको हो । अझ निर्मम हुनुपर्ने विषयलाई भएको कुरालाई पनि हटाएकोमा हाम्रो गम्भीर आपत्ति छ । त्यसैले यसमा गम्भीर समीक्षा गरेर मात्र अगाडि बढ्छौँ,’ शुक्रवार शपथपछि रास्वपाका सभापति लामिछानेले भएको थियो  ।

यसैगरी, सोमवार बस्ने संसदीय दलको बैठकले सभापति लामिछानेलाई दलको नेता चयन गर्दैछ, त्यसका लागि संसदीय दलका नेता डोलप्रसाद अर्यालले राजीनामा दिइसक्नुभएको छ । 

 

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ११ : ०३ बजे