सिन्धुलीमा कार दुर्घटना, दुई जनाको घटनास्थलमा नै मृत्यु

सिन्धुली ।  सिन्धुलीमा आज बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

आज बिहान बा ८ च ५१३५ नम्बरको कार दुर्घटना परी घाइते भएका एक जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

सिन्धुली प्रहरीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालका अनुसार बिपी राजमार्ग अन्तरगत कमलामाई नगरपालिका– २ पिपलभन्ञ्याङमा सो कार २० मिटर तल खस्न पुगेको थियो । सो दुर्घटनापछि एक महिला र एक पुरुषको घटनास्थलमा नै मृत्यु भएको हो  ।

यसरी मृत्यु हुनेमा काभ्रे पनौतीका शिवशरण होछिमर र काठमाडौँ गौरिघाटका सहारा प्रसाईँ रहेका छन् ।

 

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : १६ बजे