दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मुलपानीले ओडिआई मान्यता पाएपछि क्यान मनायो केक काटेर खुसीयाली

काठमाडौँ । नेपाल (क्रिकेट सङ्घ क्यान)ले मूलपानी मैदानले पनि एक दिवसीय (ओडिआई)मान्यता प्राप्त गरेको खुसीयालीमा केक काटेर उत्सव मनाएको छ ।

क्यानका पदाधिकारी तथा कर्मचारीहरूलाई क्यानका अध्यक्ष चतुर बहादुर चन्दले केक काटेर खुवाउँदै उत्सवको रूपमा खुसीयाली साटासाट गर्नुभएको हो । 

क्यानको मुख्यालय समेत रहेको मूल पानीको माथिल्लो मैदानले  शनिवार ओमान र युएईबीचको एक दिवसीय क्रिकेट खेल आयोजना भएसँगै उक्त मैदानले अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।  

यसअघि नेपालमा एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रूपमा त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान मात्रै रहेको थियो ।

सन २०२० मा त्रिवि खेल मैदानले ओडिआई मान्यता पाएको तीन वर्षपछि मुलपानी मैदानले पनि आजबाट सो मान्यता प्राप्त गरेको हो ।

शनिवारबाट नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुई वटा क्रिकेट मैदान भएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : ४८ बजे