दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एसीसी प्रिमियम कप: तेस्रो स्थानका लागि कुवेत र ओमानबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ । एसीसी प्रिमियम कप क्रिकेटको तेस्रो स्थानका लागि आज प्रतिस्पर्धा हुदैँछ । 

नेपालसँग पराजित कुवेत र संयुक्त अरब इमिरेट (युएई)सँग पराजित ओमानबीच प्रतिस्पर्धा हुन लागेको हो ।

जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाइरहँदा खेल वर्षाको कारण खेल रोकिन पुगेको थियो । सो खेल रोकिएपछि समूह विजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको थियो । 

उता, तेस्रो स्थानका लागि प्रतिस्पर्धामा उत्रन लागेको ओमान भने संयुक्त अरब इमिरेटसँग पराजित भएर कुवेतसँग प्रतिस्पर्धामा उत्रन लागेको हो । डकवर्थ लुइस पद्धतिमा २ रनले युएईसँग पराजित ओमानले तेस्रो स्थानका लागि आफ्नो सम्पूर्ण मेहनत खर्चिने भएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : ०६ बजे