दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

काँग्रेस नेता चन्द्र भण्डारी आज स्वदेश फर्किँदै

काठमाडौँ ।  नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी आज स्वदेश फर्किने हुनुभएको छ ।

भारतको मुम्बई स्थित नेशनल बर्न अस्पतालमा उपचाररत भण्डारी आज नेपाल वायुसेवा निगमको मुम्बई–काठमाडौँ  नियमित उडानबाट स्वदेश फर्किने उहाँको सचिवालयले जनाएको छ ।

अहिले उहाँको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । बाँकी उपचार भण्डारीले नेपालमा नै गर्नुहुनेछ ।

प्रतिनिधिसभा सदस्य समेत रहनुभएका भण्डारी फागुन ३ गते स्वदेशमै प्रारम्भिक उपचारपछि डाक्टरहरूको सल्लाहमा भारत जानुभएको थियो । ग्यास लिक भएर भण्डारी घाइते हुनुभएको थियो । 

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ६ : ४३ बजे