दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

फेरि रोकियो नेपाल र कुवेतबीचको खेल,फाइनल पुग्ने लगभग पक्का

काठमाडौं ।   एसीसी मेन्स प्रिमियर कपको सेमिफाइनलअन्तर्गत नेपाल र कुवेतबीचको खेल फेरि रोकिएको छ।  

त्रिवि क्रिकेट मैदानमा नेपालविरुद्ध डीएलएस मेथडमा २० ओभरमा एक सय ९४ रनको योगफल पछ्याइरहेको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको छ।

कप्तान रोहित पौडेल र कुशल मल्लको अर्धशतकप्रेरित नेपालले ५० ओभरमा ९ विकेट गुमाएर दुई सय ८१ रन बनाएको थियो। नेपालका लागि चौथो नम्बरमा क्रिजमा उत्रिएका रोहितले ५६ बलमा चार चौका र एक छक्कासहित ५० रन पूरा गरे। कुशल मल्लसँग चौथो विकेटका लागि ९६ रनको साझेदारी गर्दै रोहित ९५ बलमा सात चौका र तीन छक्कासहित ९४ रन जोडेर पभिलियन फर्केका थिए।

कुशलले पनि रोहितसँग एक सय दुई रनको साझेदारी गर्दै ४२ बलमा चार चौका र तीन छक्कासहित ५० रन पूरा गरेका थिए। रोहितसँगको साझेदारी एक सय ९ रनसम्म पुर्याएका कुशल ५७ रन बनाएर पभिलियन फर्के।

त्यसअघि ओपनिङमा आएका कुशल ३९ बलमा सात चौका र एक छक्कासहित ४३ रन बनाएर अद्नान इद्रियसको बलमा यासिन पटेलको हातबाट क्याच भएका थिए। अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।
कुशल आउट भएसँगै क्रिजमा उत्रिएका भीम सार्की एक रन बनाएर पभिलियन फर्केका छन्। चौथो बलमा उनी मोहम्मद अस्लमको बलमा सान्दारुवानको हाटबाट क्याच भए। यस्तै, आसिफ शेख २८ बलमा एक चौका र तीन छक्कासहित ३१ रन जोडेर आउट भएसँगै नेपालले तेस्रो विकेट गुमाएको थियो।

वर्षाका कारण २४औं ओभर पुगेपछि रोकिएको खेल वर्षा रोकिएपछि पुनः सुरु भएको हो। वर्षाकै कारण खेल ४२ ओभरमा घटाइएको थियो।

कुवेतका लागि मोहम्मद अस्लम र अद्नान इद्रिसले तीन–तीन तथा यासिन पटेल र सायेद मोनिबले एक–एक विकेट लिए।

पहिलो खेलमा मलेसिया, दोस्रो खेलमा ओमानलाई पराजित गरेको नेपालले तेस्रो खेलमा साउदी अरबसँग खेल रद्द भएपछि अंक बाँडेको थियो। समूह ‘ए’को अन्तिम खेलमा कतारलाई हराएसँगै समूह विजेता बनेको नेपालले समूह ‘बी’को उपविजेता कुवेतसँग भेट निश्चित गरेको हो।

कुवेतले हङकङ, बहराइन, सिंगापुरलाई पराजित गरेर यूएईसँग हारे पनि समूह उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो।

आजै मुलपानी क्रिकेट मैदानमा हुने अर्को सेमिफाइनलमा ओमान र यूएई भिड्दै छन्। ओमान समूह ‘ए’को उपविजेता तथा यूएई समूह ‘बी’को विजेता बन्दै अन्तिम चारमा पुगेका हुन्।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ४ : ०५ बजे