यस्तो छ आजको विनिमय दर

२१ वर्षीय छोराको हत्या गरी बुवाले गरे आत्मसर्पण

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा एक जनाले छोराको हत्या गरेर प्रहरीमा आत्मसर्पण गरेका छन्।

धनगढी उपमहानगरपालिका-६ को मट्यारीका ४५ वर्षीय महेशकुमार चौधरीले शनिबार बिहान २१ वर्षीय छोरा अर्जुनको हत्या गरेर जिल्ला प्रहरी कार्यालयमा आत्मसर्पण गरेका हुन्। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसप) श्याम चौधरीले चौधरीले छोराको टाउकोमा ईंटा प्रहार गरेर हत्या गरेको बताए तर हत्या गर्नुको कारण भने नखुलेको जनाए।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले चौधरीले आत्मसर्पण गरेको बताउँदै नियन्त्रणमा राखेर घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ३ : ०९ बजे