काठमाडौँ। काठमाडौँमा अहिले वर्षा जारी रहेको छ।
काठमाडौँको केही स्थानमा सामान्य वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
काठमाडौँमा आज घाम लाग्ने सम्भावना नरहेको महाशाखाको भनाइ छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज देशका धेरै ठाउँको मौसम बदली छ।
गण्डकी प्रदेशका केही ठाउँमा पनि छिटपुट पानी परिरहेको छ। मौसम बदली भएकाले आज पहाडी क्षेत्रमा छिटपुट वर्षा र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
ठुलो र निरन्तर पानी पर्ने तथा हावा चल्ने सम्भावना छैन। देशका धेरै ठाउँमा भोलिसम्म नै मौसम यस्तै रहने अनुमान छ।
प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार ११ : ४८ बजे
प्रतिक्रिया