काठमाडौँ । एससी प्रिमियर कप क्रिकेट अन्तर्गत सेमिफाइनल खेल सुरु भएको छ ।
कीर्तिपुरस्थित खेल मैदानमा नेपालले टस हारेर ब्याटिङमा गएको छ भने कुवेत टस जितेर फिल्डिङ रोजेको छ ।
नेपाल ४ खेलमा ३ मा जित र १ खेलमा अङ्क बाँड्दै ७ अङ्कका साथ समूह ‘ए’ बाट विजेता बन्दै सेमिफाइनलमा पुगेको हो भने समूह बी का उपविजेता कुवेत हङकङलाई ३० रनले हराएर सेमिफाइनलमा घरेलु टोली नेपालसँगको भिड्न आइपुगेको हो ।
कुवेत ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अङ्कका साथ नेट रन रेटबाट सेमिफाइनल पक्का गरेको हो ।
प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार ९ : २१ बजे
प्रतिक्रिया