दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

‘खोटेहाङ अध्यक्ष कप’को उपाधि बाह्रबिसे र बासिखोरालाई

खोटाङ । ‘खोटेहाङ गाउँपालिका अध्यक्ष कप’ भलिबल प्रतियोगिताको पाँचौँ संस्करणको पुरुषतर्फको उपाधि सङ्खुवासभाको सभापोखरी गाउँपालिका–३ बाह्रबिसे तथा महिलातर्फको उपाधि भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ बासिखोराले जितेको छ ।  

खोटेहाङको छैटौँ वार्षिकोत्सवको अवसरमा अन्तरपालिका वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गरिएको हो । 

खोटेहाङ–३ सावाकटहरेस्थित सावाकाली माध्यमिक विद्यालयको मैदानमा शुक्रवार सम्पन्न पुरुष भलिबल प्रतियोगिताको विजेता सभापोखरी–३ ले रु एक लाख १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । सो स्पर्धामा भोजपुरको  रामप्रसाद राई–५ मानेभञ्ज्याङ्ग दोस्रो भई रु ७० हजार प्राप्त गर्‍यो ।  

पुरुषतर्फ विभिन्न जिल्लाका २६ टोलीले भाग लिएका थिए । तेस्रो भएका बराहपोखरी गाउँपालिका–४ फाक्टाङ र खोटेहाङ गाउँपालिका–१ लिकुवा पोखरीले रु ३५÷३५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । 

यसैगरी, महिलातर्फको विजेता रामप्रसाद राई गाउँपालिका–८ बासिखोराले रु ७५ हजार, दोस्रो हुने भोजपुरकै आमचोक गाउँपालिका–९ दुम्मानाले रु ४० हजार तथा तेस्रो हुने बराहपोखरी गाउँपालिका–४ फाक्टाङ र खोटेहाङ गाउँपालिका–१ लिकुवा पोखरीले रु २५÷२५ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । पुरुषतर्फ सर्वोत्कृष्ट खेलाडी सभापोखरीका दिलबहादुर विष्ट, उत्कृष्ट लिफ्टर सभापोखरीकै गजेन्द्र राई र उत्कृष्ट स्पाइकर रामप्रसाद राई गाउँपालिकाका दिनेश तामाङ घोषित भए । 

यसैगरी महिलातर्फ सर्वोत्कृष्ट रामप्रसाद राई गाउँपालिकाकी ममता राई, उत्कृष्ट लिफ्टरमा रामप्रसाद राई गाउँपालिकाकै मनकला राई र उत्कृष्ट स्पाइकरमा आमचोककी आरुशा तामाङ घोषित भए । उनीहरूलाई जनही रु पाँच हजार पुरस्कार प्रदान गरिएको छ । 

विजेता खेलाडीलाई गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राई,  उपाध्यक्ष रुपेश राई, प्रमुख प्रशासकीय अधिकृत अजम्बर राईलगायतले पुरस्कार प्रदान गरेका थिए ।

यसअघि गत वर्ष सम्पन्न भएको चौथो संस्करणको पुरुषतर्फको भलिबल प्रतियोगिताको उपाधि भोजपुरको षडानन्द नगरपालिका–१ नेपालेडाँडा तथा महिलातर्फको उपाधि ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–१ मोलीले जितेको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ८ : १७ बजे