दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मुलपानी मैदानमा पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुँदै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको खेल मैदानले एक दिवसीय (ओडिआई) मान्यता प्राप्त गरेको तीन वर्षपछि मुलपानी मैदानले पनि सो मान्यता प्राप्त गरेको छ । 

त्रिभुवन विश्वविद्यालयको खेल मैदानले सन २०२० मा सो मान्यता पाएको थियो । सो मान्यतासँगै आज मुलपानी मैदानमा पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त सेमिफाइनल खेल हुनेछन् । 

जारी एसिसी प्रिमियर कपको आज हुने ओमान र युएई बीचको सेमिफाइनल खेलसँगै मुलपानीमा पहिलो पटक एक दिवसीय अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । 

युएई ४ खेलमा ३ मा जित र १ हारसहित ६ अङ्कका साथ शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको हो भने ओमान ४ खेलमा ३ जित र १ हारका साथ ६ अङ्कका साथ समूह ए बाट उपविजेता बन्दै सेमिफाइनलको यात्रा सुरक्षित गरेको हो ।

नेपाल क्रिकेट सङ्घका अनुसार सेमिफाइनलमा पुगेका ओमान र युएई एक दिवसीय मान्यता प्राप्त देश भएकाले दुई बीच हुने खेललाई पनि एक दिवसीय मान्यता प्रदान हुने भएसँगै मुलपानी मैदानले ओआइडी मान्यता प्राप्त गरेको हो । 

यसअघि, मुलपानीमा समूह चरणका १० खेल वटा खेल भए पनि कुनै पनि खेल एक दिवसीय मान्यता प्राप्त थिएनन्। तर शनिवार एक दिवसीय मान्यता प्राप्त दुई देश सेमिफाइनलमा भिड्ने भए सँगै मैदानले पनि एक दिवसीय मान्यता पाएको क्यानले जनाएको छ ।

मुलपानी मैदान एक दिवसीय मान्यता प्राप्त गर्ने नेपालको दोस्रो मैदान हो। यसअघि सन् २०२० मा त्रिवि मैदानले एक दिवसीय मान्यता पाएको थियो। 

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  ७ : १७ बजे