‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

चट्याङ लागेर भारतमा पन्ध्र जनाको मृत्यु

नयाँदिल्ली – मेघगर्जन र चट्याङसँगै पश्चिम बङ्गालमा बिहीबार भएको भीषण वर्षा भएको छ । चट्याङ लागेर खेतमा कामगरिरहेका १५ जना किसानले ज्यान गुमाएका तथा कैयौँ घाइते भएका सरकारी अधिकारीहरूले बताएका छन् । 

    बिहीबार साँझ चट्याङ लागेर  पूर्वी बुर्दवानमा पाँच, मुर्सिदावादमा चार र पश्चिमी मिन्दापोर र हाउडामा तीन–तीन जनाको मृत्यु भएको पश्चिम बङ्गाल राज्यको विपद् व्यवस्थापन विभागले जनाएको छ । चट्याङ लागेर  घाइते भएकाहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । 

    भारतीय मौसम विज्ञान विभागले आगामी चौविस घण्टामा आंशिक बदली भई मेघगर्जनसहित पानी पर्ने जनाएको छ । सरकारी तथ्याङ्कअनुसार चट्याङ लागेर गत वर्ष भारतमा नौ सय सात जनाको मृत्यु भएको थियो । 

रासस सिन्ह्वा

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ६ : १८ बजे