दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

थप १०३ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९२५ जनाको नमुनामध्‍ये ६२७ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र १ हजार २९८ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०३ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३७५ जना पुगेको छ भने संस्थागत आईशोलेशनमा २६ जना, आईसीयूमा ८ जना  र १ जना भेन्टिलेटरमा उपरचाररत छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा  ५३ जना  निको भएर घर फर्किइसकेका छन् ।

संक्रमण बढेसँगै कोरोना विरुद्धको बुस्टर डोज खोप लगाउन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ५ : ४७ बजे