साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका विभिन्न माग राखी महावीर पुन सडकमा (फोटोफिचर)

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले विभिन्न माग राखेर आन्दोलन सुरु गरेका छन् । 

कुल बजेटको २ प्रतिशत अनुसन्धानमा खर्च गर्नुपर्ने, नवउद्यमीहरूलाई हतोत्साह गर्न नहुने, जस्ता माग राखेर पुनले आज र माइतीघर मण्डलामा प्रदर्शन गर्नुभएको हो । उहाँलाई युवाहरूले साथ दिएका छन् । 

बिहीबार नै सामाजिक सञ्जालमा आन्दोलनका नारा सार्वजनिक गर्नुभएका पुनले  आज आफ्ना समर्थकसहित प्लेकार्ड बोकेर प्रदर्शन गर्नुभएको हो। 

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको उहाँको आरोप छ । नवप्रवर्तन अनुसन्धान र आविष्कार कोष खडा गर्नुपर्ने माग गर्नुभएका पुनले यसअघि प्रधानमन्त्रीसहितको ध्यानाकर्षण गराउनुभएको थियो। 

​​​​​​​

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ११ : ४२ बजे