गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले आज पद तथा गोपनीयताका शपथ लिँदै 

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज पद तथा गोपनीयताका शपथ लिँदै हुनुहुन्छ ।

नेकपा माओवादी लगायतका राजनीतिक दलको समर्थनमा मुख्यमन्त्री भएका पाण्डेले आज अपराह्न १२ः०० बजे पद तथा गोपनीयताका शपथ लिन लाग्नुभएको हो । 

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उहाँको पद तथा गोपनीयताको शपथ गराउनुहुने छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख गुरुङले बिहीबार पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । तर, मुख्यमन्त्री पाण्डेसँग मन्त्रीहरूले पनि शपथ लिन्छन् कि लिन्नन् भन्ने अझै टुङ्गो भने लागेको छैन । 

यद्यपि, मुख्यमन्त्री पाण्डेले मन्त्रीहरूका आकाङ्क्षी आफ्नै पार्टी नेपाली काँग्रेसका सांसद तथा प्रमुख सत्ता सहयोगी नेकपा माओवादी केन्द्रका सांसदहरूसँग भने छलफल गरिरहनुभएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ९ : ०२ बजे