एमालेले टुङ्ग्यायो संसदीय समितिमा रहने सदस्यको नाम (सूचीसहित)

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सङ्घीय संसद् अन्तर्गतका संसदीय समितिमा रहने सदस्यको नाम टुङ्ग्याएको छ ।

प्रतिनिधिसभाका दश वटा विषयगत समिति तथा राष्ट्रियसभासहितको संयुक्त समितिमा पार्टीबाट प्रतिनिधित्व गर्ने सदस्यको नाम टुङ्ग्याउँदै एमालेले सङ्घीय संसद् सचिवालयमा नामावली बुझाएको छ । 

एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले सभामुख देवराज घिमिरेलाई बुझाएको विवरण अनुसार सो पार्टीका अध्यक्ष केपी शर्मा ओली अन्तर्राष्ट्रिय सबन्ध समितिमा रहनुहुने भएको छ भने अर्थ समितिमा विष्णु पौडेल रहनुभएको छ । 

त्यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिमा सुवास नेम्वाङ, सार्वजनिक लेखा समितिमा योगेश भट्टराईलगायतका नेता रहनुभएको छ । यसअघि भएको सहमति अनुसार एमालेले लेखा समिति, राष्ट्रियसभासहितको संयुक्त समिति राज्यको निर्देशक सिद्धान्त तथा निर्देशक समितिसहित ३ वटा समितिको नेतृत्व गर्दैछ ।  

यस्तो छ एमालेले सङ्घीय संसद् सचिवालयमा बुझाएको विवरण ः
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति: 
केपी शर्मा ओली, भीम आचार्य, हरि उप्रेती, सुनिता बराल, देवीप्रकाश भट्टचन, एकनाथ ढकाल, सम्झना थपलिया र दामोदर वैरागी । 
कानुन, न्याय तथा मानव अधिकार समिति: सुवास नेम्वाङ, महेशकुमार बर्तौला, मनबहादुर गुरुङ, किरणकुमार साह, नैनकला थापा, प्रतीक्षा तिवारी र चन्द्रबहादुर विश्वकर्मा ।  
​​​​​अर्थ समिति: विष्णु पौडेल, पदम गिरी, जुली महतो, सूर्यबहादुर थापा, भगवती चौधरी, अमर रायमाझी, नारायणप्रसाद आचार्य र रणकुमारी बलम्पाकी मगर।
सार्वजनिक लेखा समिति: योगेश भट्टराई, गोकुल बास्कोटा, अच्युतप्रसाद मैनाली, दामोदर भण्डारी, ऋषिकेश पोखरेल, सराज अहमद फारुकी, तारा लामा तामाङ र रुक्मिणी राना बराइली ।
राज्यव्यवस्था तथा सुशासन समिति: पृथ्वी सुब्बा गुरुङ, कृष्णगोपाल श्रेष्ठ, रघुजी पन्त, लीलानाथ श्रेष्ठ, राजेन्द्रकुमार राई, बलराम अधिकारी, वासुदेव घिमिरे र मेनकाकुमारी पोखरेल ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति: रघुवीर महासेठ, शान्ति चौधरी, अमृतादेवी अग्रहरी, हेमराज राई, लालप्रसाद साँवा, रामशंकर यादव, मङ्गलप्रसाद गुप्ता र लक्ष्मी महतो कोइरी ।  
कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति: ज्वालाकुमारी शाह, सूर्यप्रकाश ढकाल, बिजुला रायमाझी, सरस्वती सुब्बा, अमृतलाल राजवंशी, गङ्गाप्रसाद यादव, मानवीर राई र सूर्यकुमारी श्रेष्ठ । 
महिला तथा सामाजिक मामिला समिति: टोपबहादुर रायमाझी, ईश्वरीबहादुर रिजाल, शान्ति श्रेष्ठ, शोभा ज्ञवाली, हर्कमाया विश्वकर्मा, आश्मा चौधरी र विना देवी । 
पूर्वाधार विकास समिति: गोकर्ण विष्ट, ठाकुर गैरे, वसन्त नेम्वाङ, महेश बस्नेत, निर्मला कोइराला (देवकोटा), दयालबहादुर शाही, प्रेमबहादुर महर्जन र राजकुमार गुप्ता । 
​​​​​​​शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति:  छविलाल विश्वकर्मा, विद्या भट्टराई, प्रभु हजारा दुसाध, ईश्वरी घर्ती, सरिता भुसाल, दिपा शर्मा, उर्मिला थेवे र कालुराम राई ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ७ : १४ बजे