बाजुरा केन्द्रबिन्दु भएर गए राती दुई पटक भूकम्प

कैलाली । बाजुरा केन्द्रबिन्दु भएर गए राती दुई पटक भूकम्प गएको छ। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मध्यरातमा बाजुराको दहकोट केन्द्रबिन्दु भएर दुई पटक भूकम्प गएको हो ।

मापन केन्द्रमा रेकर्ड भएअनुसार अघिल्लोभन्दा पछिल्लो भूकम्प शक्तिशाली रहेको थियो । जसअनुसार गए राती ११ः५८ बजे गएको भूकम्प ४.९ म्याग्निच्यूडको थियो भने १ः३० बजे गएको भूकम्प अघिल्लोभन्दा बढी शक्तिशाली थियो । पछिल्लो भूकम्प ५‍.९ म्याग्निच्यूड रहेको रेकर्ड हुन पुगेको जनाइएको छ । 

बाजुराका प्रमुख जिल्ला अधिकारी पुष्कर खड्काले भने सो भूकम्पले क्षति गरे नगरेको बिहानसम्म कुनै जानकारी नआएको बताउनुभएको छ। यद्यपि, सो भूकम्पबाट हुनसक्ने क्षति र त्यसका विवरण सङ्कलनका लागि भने सुरक्षाकर्मीसहित विपद् व्यवस्थापन टोली परिचालन भने गरिएको उहाँले जानकारी दिनुभयो । 

 

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ६ : ५९ बजे