जीप दुर्घटना हुँदा गुल्मीमा एक जनाको मृत्यु

गुल्मी । गुल्मीमा जीप दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

मालिका गाउँपालिका– २ मा लु१च ९९११ नम्बरको जीप गए राति खाल्टुङ्ग खोलामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार सो जीपका सहचालक बागलुङ बडिगाड गाउँपालिका–९ का १८ वर्षका किशोर केसीको मृत्यु भएको हो । सो दुर्घटनामा घाइते जीप चालक प्रेम बहादुर केसीको भने लुम्बिनी मेडिकल कलेज, पाल्पामा उपचार भइरहेको छ ।

उहाँका अनुसार मालिका गाउँपालिकाको दर्लिङ्गबाट बागलुङको बडिगाड गाउँपालिकाको भिमगिठेका लागि उक्त जीप हिँडेको थियो । ब्रेक फेल भएर जीप दुर्घटना भएको बुझिएको छ ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  १० : १० बजे