यस्तो छ आजको विनिमय दर

अर्काको नाममा ट्रायल दिने नक्कली परीक्षार्थी पक्राउ

काठमाडौँ। ट्राफिक प्रहरीले नक्कली परीक्षार्थी बनेर अर्काको नाममा ट्रायल दिने एक व्यक्तिलाई पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले काठमाडौँको दक्षिण ढोका ट्रायल सेन्टरमा अर्काको नाममा ट्रायल दिने धादिङका २८ वर्षीय राजेश शाहीलाई आज पक्राउ गरेको हो । 

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले धादिङका २८ वर्षीय प्रकाश पोखरेलको दुई पाङ्ग्रे सवारी साधनको ट्रायल दिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उहाँले ट्राफिक प्रहरीले पछिल्लो समय अर्काको नाममा झुक्याएर ट्रायल दिने प्रवृत्तिलाई रोक्नका लागि विशेष कडाइ गरेको बताउनुभयो ।

ट्राफिक प्रहरीले अर्कै व्यक्तिले परीक्षा दिएर सवारी चालक अनुमति पत्र निकाल्दा दक्ष चालकको कमी भई दुर्घटनासमेत निम्तिने भएकाले ट्रायल सेन्टरमा थप निगरानी बढाइएको प्रवक्ता भट्टले  बताउनुभयो ।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  ६ : ३५ बजे