साफ यू–१७ च्याम्पियनसिप आजदेखि

चीन र भारतलाई जोड्ने त्रिदेशीय ‘लिङ्क’ रोडको काम  आइतबारदेखि थालिने

​​​​​​​इटहरी । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत चीन र भारत जोड्ने त्रिदेशीय ‘लिङ्क’ रोडको रुपमा रहेको इटहरीको तरहरादेखि सेउती पुलसम्मको सडक निर्माणको कार्य चार दिनभित्र अघि बढाइने भएको छ । 

इटहरी उपमहानगरपालिका, आयोजना कार्यालय र निर्माण कम्पनीबीच आज भएको बैठकले चार दिनभित्र सडक विस्तारको काम थाल्ने विषयमा सहमति जनाएको हो । 

सडक खण्ड निर्माणको जिम्मा पाएको ‘हिमडङ थोकर प्यासिफिक जेभी’ ले सुस्त गतिमा काम गरेको गुनासो आएपछि बैशाख ८ गते इटहरीका नगरप्रमुख हेमकर्ण पौडेलसहितको टोली स्थलगत अनुगमनमा गएको थियो । 

टोलीले अनुगमनको क्रममा निर्माण कार्यमा निकै ढिलासुस्ती भएको निष्कर्ष निकालेको हो । आज बसेको बैठकले वैशाख १७ गतेबाट कालोपत्रेको लागि प्राइम कोटको कार्यको आरम्भ गर्ने, सडकमा भएका खाल्डाखुल्डी मर्मत गरेर दैनिक पानी हाल्ने व्यवस्था निर्माण कम्पनीले मिलाउनेलगायतको निर्णय गरेको छ । 

त्यस्तै, आउँदो असार मसान्तसम्ममा उक्त सडकखण्डमा कालोपत्रे कार्य सम्पन्न गर्ने र निर्माण कम्पनी वा कम्पनीका प्रतिनिधिले सडक निर्माण कार्यको प्रगति बारेमा स्थानीय सरकारसँग निरन्तर संवाद र छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ४ : ५० बजे