‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा राष्ट्रपति पदमा पुनः प्रतिस्पर्धा गर्ने घोषणा

न्युयोर्क । अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति पदमा पुनः प्रतिस्पर्धा गर्ने घोषणा गर्नुभएको छ । 

यसअघि, डोनाल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाका राष्ट्रपति हुनुभएका वाइडेन पुनः दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रने घोषणा गर्नुभएको हो ।

उम्मेदवारी घोषणा गर्दै राष्ट्रपति वाइडेनले जारी गरेको भिडियो सन्देशमा आफ्नो उम्मेदवारी लोकतन्त्रको रक्षा र व्यक्तिगत स्वतन्त्रताका लागि हुने बताउनुभएको छ । 

चार वर्षअघि चुनाव लड्दा आफूले अमेरिकी आत्मा जोगाउन लागि परेको जनाउँदै वाइडेनले अझै पनि पनि सो लडाइँ जारी रहेकाले आफू पुनः नेतृत्वमा आउन चाहेको बताउनुभएको हो । उहाँका अनुसार दोस्रो कार्यकालमा सो कामले पूर्णता पाउने उहाँको भिडियो सन्देशमा उल्लेख छ ।

आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । गत राष्ट्रपति निर्वाचनमा उहाँ वाइडेनसँग पराजित हुनुभएको थियो । आ–आफ्नो पार्टीबाट मनोनयन जित्न सकेमा २०२४ को नोभेम्बरमा हुन निर्वाचनमा दोस्रो पटक बाइडेन र ट्रम्पबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

दोस्रो पटक पुनः प्रतिस्पर्धामा उत्रन लाग्नुभएका ८० वर्षीय बाइडेन अमेरिकी इतिहासकै सबैभन्दा वृद्ध राष्ट्रपति हुनुहुन्छ । 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ८ : २९ बजे