‘एउटै नाउरको सिकार गर्न २३ लाख’

राष्ट्रवादी चलचित्र ‘काँडेतार’माथि सरकारकाे कुदृष्टि :  भारतलाई असर पर्ने भन्दै दिइएन प्रदर्शन अनुमति

काठमाडौं । नेपाल–भारतको सिमा विवादमा आधारित राष्ट्रवादी चलचित्र ‘काँडेतार’ माथि सरकारको कुदृष्टि परेको छ ।  सेन्सर बोर्डले नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धमा असर पुग्ने भन्दै चलचित्र पर्दशनमा रोक लगाएको हो । 

सामना फिल्मस् प्रालिद्वारा निर्मित ‘काँडेतार’ सेन्सरका लागि सोमबार निर्माण टिम चलचित्र विकास बोर्डको कार्यलयमा सेन्सर गराउन पुगेको थियो । फिल्म सेन्सरका लागि हेरे पछि फिल्मको दृश्य र संबादको विषयलाई लिएर सरकारसँग छलफल गर्नुपर्ने भन्दै बोर्ड पन्छिएको हो ।  

खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारबिरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित निर्मित फिल्मका सम्बाद र दृश्यहरुले बोर्डले आपत्ति जनाएको निर्माता तथा निर्देशक नवल खड्काले बताउनुभयो । यसका कारण फिल्म प्रदर्शनका लागि सेन्सर सर्टिफिकेट नदिएको निर्देशक खड्काले आरोप छ । सेन्सर बोर्डका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले चलचित्रलाई सेन्सर प्रमाण पत्र नदिएको स्विकार गरे । उनले काँडेतार दुई देशबीचको कुरा भएकाले संवेदनशील देखिएको बताए । सोमबार बेलुका फिल्मको सेन्सर भएको थियो । 

चलचित्रका निर्माता तथा निर्देशक नवल खड्काले फिल्मलाई प्रदर्शन अनुमति नदिने बोर्डको निर्णयविरुद्ध अदालत जाने बताउनुभयो  । नेपाल–भारतको खुला सीमाको कारण सीमा क्षेत्रमा भइरहेको अपराध, नागरिकमाथिको ‘अत्याचार’सहित गृह प्रशासनका केही दृश्य र संवादमा सेन्सर बोर्डले आपत्ति जनाएको निर्देशक खड्काले बताउनुभयो ।

कुनै पनि दृश्य र भाषामा कैंची नचलाइकन सेन्सर पास गर्न आफूले आग्रह गरेको समेत उहाँले बताउनुभयो । शिवम् अधिकारी र नवल खड्काको संयुक्त लेखन रहेको यो फिल्मले नेपाल र भारतबीचको सीमा क्षेत्रमा काँडेतार लगाएर आवागमनलाई व्यवस्थित गराउनुपर्ने, भारतीय मिचाहा प्रवृत्तिको प्रतिरोध गर्नुपर्ने लगायतका कथा पेश गर्छ ।

नवल खड्काले निर्माण र अभिनय गरनुभएका अघिल्ला फिल्महरु भीमदत्त, दशगजा र आवाज लगायतका फिल्ममा पनि सेन्सर झमेलो खेप्नुपरेको थियो ।   राष्ट्रवादी विषयमा बनेको चलचित्रलाई प्रर्दशनी अनुमती नदिएर सरकारले कुदृष्टि राखेको भन्दै यत्तिखेर समाजिक संजालमा  विरोध भइरहेको छ ।

शिवम् अधिकारी र नवल खड्काको लेखन रहेकोे फिल्म ‘काँडेतार’मा लगानी माकिको राई र अन्जु केसी रहेका छन् । फिल्मको कार्यकारी निर्माता गायिका सत्यकला राई रहेकी छन् भने सह निर्माता रोमियन लिम्बू,बिमला कट्टेल, डा। अमित विश्वास , राजेन्द्र भगत,पन्नालाल सिक्दार, दिनेश कुमार राय, नादिया खड्का र सनया खड्का रहेका छन् ।

श्री श्रेष्ठको द्वन्द रहेको फिल्ममा,कविराज गहतराजको नृत्य, सौरभ लामाको छायांकन,मणि थापा र दीपक शर्माको सगीत, बन्दे प्रसाद र तारा थापा ९किम्भे०को सम्पादन रहेको छ ।

फिल्ममा नवल खड्काका अलवा गौरब पहाडी , सुरविना कार्की ,रेबिका गुरूङ्ग,प्रशान्त यादव, मुरलिधर, प्रेम सुब्बा, संजय खतिवडा , पुष्प श्रेष्ठ रोमियन लिम्बू ,केशव रायामाझी, राजेन्द्र भगत,पर्शुराम चौधरी,पन्नालाल सिक्दार, महेश गिरी ,खेम नेपाली,राम विश्वास र बालकलाकार ,नादिया खडका र सनया खडका रहेका छन् ।

 

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ३ : ०८ बजे