दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

थप ११३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ११३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १८१० नमुना परीक्षण गर्दा ११३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 

७६६ नमुनाको पीसीआर परीक्षण गर्दा ६४ जनामा र १०४४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै देशभर संक्रमितको संख्या ३६२ पुगेको छ । पछिल्लो २४ घण्टामा ७२ जना संक्रमणमुक्त भएका छन् । 

मन्त्रालयका अनुसार २९ जना संक्रमतिको संस्थागत आईसोलेसनमा, ४ आईसीयूमा र एक जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । 
 

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ४ : ३४ बजे