दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

नेपाल र साउदीबीचको खेल रद्द, नेपाल सेमिफाइनलमा

काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत नेपाल र साउदी अरबबीचको खेल वर्षाका कारण रद्द भएको छ । दुई टीमले १-१ अंक बाँडेसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ ।

समूह ए को शीर्ष स्थानमा रहेको नेपालले दुई खेल र एक बराबरीसहित ५ अंक बटुल्दै एक खेलअगावै सेमिफाइनल प्रवेश गरेको हो । नेपालले अब अन्तिम खेल कतारसँग खेल्न बाँकी छ ।

समूह विजेता को हुने भने चाहीँ अन्तिम खेलले निर्धारण गर्नेछ । नेपालले कतारसँग जित हासिल गरेको खण्डमा समूह विजेता भएर अर्को समूहको उपविजेतासँग सेमिफाइनल खेल्नेछ । यदि नेपालले सो खेल हार्‍यो र दोस्रो स्थानमा रहेको ओमानले साउदीअरबसँगको अन्तिम खेल जित्यो भने नेपाल उपविजेता बन्नेछ र अर्को समूहको विजेतासँग सेमिफाइनल खेल्नेछ ।

आज बिहानैदेखिको वर्षाका कारण टस हुन सकेको थिएन । दिउँसो २ बजेसम्म टस भए खेल सम्भव हुने भए पनि वर्षा रोकिने छाँट नदेखिएपछि खेल स्थगित गरिएको हो । नेपालको खेल हेर्न मैदानमा आएका दर्शकहरू निराश भएर फर्किएका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  १ : ०१ बजे