दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदै छन्। 

कीर्तिपुरस्थित खेल मैदानमा हङकङ र बहराइन बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा नेपाल र साउदी अरबका बिचमा प्रतिस्पर्धा हुनेछ। 

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। 

यसअघि, भएको खेलमा नेपालले ओमानलाई ८४ रनले हराएको थियो भने साउदी अरबले कतारलाई सात विकेटले हराएको थियो । यसअघिको खेलमा विजेता रहेका दुवै टोली आज मैदानमा उत्रन लागेका हुन ।

उता हङकङ भने युएईलाई डीएल पद्धतिमा ६७ रनलाई हराएर बहराइनसँग भिड्न लागेको हो भने बहराइन यस अघिको खेलमा कुवेतसँग दुई विकेटलाई पराजित भएको टिम हो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ७ : ५८ बजे