साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सवारी दुर्घटनाबाट कीर्तिपुर-४ का वडाध्यक्षको मृत्यु

काठमाडौं  । कीर्तिपुर नगरपालिका वडा-४ का वडा अध्यक्ष श्यामकुमार अधिकारीको निधन भएको छ।

सवारी दुर्घटनाबाट घाइते भएका अधिकारीको उपचारको क्रममा निधन भएको नगरपालिका वडा-४ का नगरसभा सदस्य अनिल बास्कोटाले जानकारी दिए।

उनका अनुसार अन्नपूर्ण न्युरो अस्पतालमा उपचारको क्रममा आइतबार दिउँसो मृत्यु भएको हो।

वैशाख १ गते  कीर्तिपुर-४ पुष्पलाल पार्कस्थित ओरालोमा बा८३प ९४४८ नम्बरको मोटरसाइकल दुर्घटना परी घाइते भएको नगरसभा सदस्य बाँस्कोटाले जानकारी दिए। घाइते भएपछि उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको थियो। 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ४ : २१ बजे