दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार, स्वदेश फर्कने अझै टुङ्गो छैन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य थप सुधार भएको छ।

भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उपचाररत राष्ट्रपति पौडेलेको स्वास्थ्यमा सुधार हुँदै आएको उहाँको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले यससम्बन्धी जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ।

मुटुमा जमेको पानीमा सङ्क्रमण फैलिएपछि राष्ट्रपति पौडेललाई एअर एम्बुलेन्समार्फत भारत लगिएको थियो । उहाँ बुधवारदेखि त्यहाँ उपचाररत रहनुभएको छ । 

स्वास्थ्यमा सुधार आए पनि उपचारपछि कहिले स्वदेश फर्कने हो? त्यो भने अझै टुङ्गो नलागेको दूतावास स्रोतले अनभिज्ञता प्रकट गरेको छ । 

 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ८ : १६ बजे