उपनिर्वाचन हुने क्षेत्रमा आज सार्वजनिक बिदा

काठमाडौँ – प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आज सार्वजनिक बिदा दिइएको छ।

गृह मन्त्रालयले एक सूचना जारी गर्दै बारा २, चितवन २ र तनहुँ १ मा आज उपनिर्वाचन हुने भएकाले बिदा दिएको हो।

मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा दिएको थियो।

आइतबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको अवधि तोकिएको छ।  

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ७ : ३८ बजे