१७ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा पक्राउ

कपिलवस्तु – १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुद्धभुमी नगरपालिका-१ चङ्घाट बस्ने ३४ वर्षीय टोप बहादुर रायमाझीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रायमाझीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ६ : ५७ बजे