‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

ताइवान मामिलामा फिलिपिन्सको चिन्ता

मनिला।  फिलिपिन्सले ताइवान मामिलालाई लिएर चिन्ता व्यक्त गरेको छ । ताइवान नजिकको जलक्षेत्रमा बढेको तनावलाई लिएर फिलिपिन्सले चिन्ता व्यक्त गरेको हो । 

फिलिपिन्सका विदेशमन्त्री एनरिके मनालोले आफ्ना चिनियाँ समकक्षी छिन गङसँगको भेटमा दुवै देशले दक्षिण चीन सागरमा आपसी विवाद व्यवस्थापन गर्दै आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउनेबारेमा छलफल गर्नुभएको विदेश मन्त्रालयले जनाएको छ । 

 मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार एक चीन नीतिप्रति फिलिपिन्स प्रतिबद्ध रहेको बताउँदै विदेशमन्त्री मनालोले ताइवान नजिकको जलक्षेत्रमा बढेको तनावलाई लिएर चिन्ता व्यक्त गर्नुभएको छ । 

आफ्नै संविधान र सरकार भएको ताइवान एक स्वशासित टापु हो । सन् १९४९ को गृहयुद्धपछि चीनबाट अलग भएको स्वतन्त्र ताइवानलाई आफ्नो अविभाज्य भूमिका रुपमा दाबी गर्र्दै आएको छ । बेइजिङले आवश्यक परेमा बल प्रयोग गरेर मुख्यमूमिमा ताइवानलाई गाम्भसक्ने चेतावनी पनि दिँदै आएको छ । 

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  ६ : ०९ बजे