साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सिन्धुपाल्चोकमा जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता हुने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । बलेफी गाउँपालिका वडा नम्बर ८ मा रहेको फुटसल खेल मैदानमा आगामी वैशाख २२ देखि लामोसाँघु युवा क्लबको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हो । 

लामोसाँघु युवा क्लब र स्थानीय पालिकाहरूसँगको सहकार्यमा हुन गइरहेको उक्त प्रतियोगितामा सिन्धुपाल्चोकका १२ वटै  स्थानीय तहका टिमले प्रतियोगितामा सहभागिता जनाउने लामोसाँघु युवा क्लबका अध्यक्ष चरी बहादुर तामाङले जानकारी दिनुभयो । 

वैशाख २२ गतेदेखि सञ्चालन हुने प्रतियोगितामा टिम दर्ताका लागि १५ गतेसम्म तोकिएको छ । अध्यक्ष तामाङका अनुसार भलिबल खेलाडीहरूको मनोबल उच्च बनाउन प्रतियोगिताको आयोजना गरिएको हो । ‘भलिबल खेलाडीहरूको मनोबल गिर्दै गइरहेको परिस्थितिमा हामीले भलिबल खेलाडीको मनोबल उच्च बनाउन प्रतियोगिताको आयोजना गरेका हौँ’,उहाँले भन्नुभयो । 

उहाँका अनुसार प्रथम हुनेले नगद एक लाख पुरस्कार प्राप्त गर्नेछ । द्वितीय हुनेले नगद ७० हजार सहित प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै तृतीय हुनेले नगद ४० हजार र सान्त्वना हुनेले नगद १५ हजार रुपैयाँ सहित सिल्ड मेडल प्राप्त गर्नेछन् । 

 

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  १२ : २० बजे