काठमाडौंका सडकमा सेकुवा पोल्न रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक पेटीमा धुवाँ आउनेगरी सेकुवा पोल्न रोक लगाएको छ । महानगरपालिकाले पुतली सडक, सिनामंगल क्षेत्रमा सेकुवा पोल्दा वायु प्रदूषण भएको भन्दै रोक लगाएको हो ।

महानगर प्रहरी प्रमुख राजु पाण्डेले सडकपेटीमै धुँवा आउने गरी सेकुवा पोल्दा वायु प्रदूषण भएको र सडक पेटीबाट हिँड्दा यात्रुलाई सास्ती भएको भन्दै रोक लगाउने तयारी गरेको बताए ।

महानगरपालिकाले सेकुवा पसलहरुलाई सुरुमा सचेत गराउने र त्यसपछि पनि नमाने कारबाही नै गर्ने तयारी गरेको महानगर प्रहरी प्रमुख पाण्डेले बताए ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ४ : ४३ बजे