दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सन्दीपको सफलता : रासिद खानको कीर्तिमानी तोडे

काठमाडौं । नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो १०० विकेट लिने विश्व कीर्तिमान बनाएका छन् । अफगानिस्तानका प्रख्यात बलर रासिद खानलाई पछि पार्दै उनले १०० विकेटको कोसेढुंगा पार गरेका हुन् ।

रासिदले ४४ ओडीआईमा १०० विकेट लिएर सन् २०१८ मा विश्व कीर्तिमान बनाएका थिए । त्यसलाई तोडेर सन्दीपले ४२ ओडीआइमा सय विकेट लिएका छन् ।

नेपाल र ओमान दुवै ओडीआई राष्ट्र भएकाले आजको खेल एकदिवसीय मान्यता प्राप्त छ । नेपालले यसअघि मलेसियाविरुद्ध खेलेको म्याचमा सन्दीपले ३ विकेट लिए पनि त्यसको त्यो एक दिवसीय खेलको मान्यता प्राप्त नभएकाले त्यसको गणना भएन ।

ओमानविरुद्ध आफ्नो पहिलो ओभरमै सन्दीपले विकेट लिएका हुन् । १२ औं ओभरको तेस्रो बलमा उनले ओमानका ब्याट्सम्यान अदिल सफिकलाई एलबिडब्लयू धरापमा पारे ।

आफ्नो १०० औं विकेट पूरा भएसँगै उनले मैदानलाई ढोगेर÷चुमेर खुशी मनाएका थिए । उनलाई टिममेट्सहरुले पनि बधाइ दिए ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  २ : १४ बजे