यस्तो छ आजको विनिमय दर

फ्रि भिषा फ्रि टिकटकाे जालमा ओमन पुर्‍याइ मानवबेचबिखन

काठमाडौं ।  वैदेशिक रोजगारका लागि ओमन पुर्‍याई मानवबेचबिखन गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 
पक्राउ पर्नेहरूमा ईलाम फाकफोकथुम गाउँपालिका- ६ घर भई काठमाडौं गौरीघाट बस्ने ४० वर्षीय शुकराज लिम्बु र सिन्धुपाल्चोक बलेफी गाउँपालिका- ६ घर भई ललितपुर महानगरपालिका भैसेपाटी बस्ने ४५ वर्षीय विष्णु तामाङ रहेका छन् ।  

उनीहरुले पीडित व्यक्तिलाई वैदेशिक रोजगारको लागि ओमनमा फ्रि भिषा फ्रि टिकटमा पठाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमन पुर्‍याई ३५०० ओमनी रियलमा ओमनी घर मालिकलाई बिक्री गरेको र मालिकले शारिरीक तथा मानसिक यातना दिई आफ्नो घर तथा अफिसको काममा लगाई राखेको अवस्थामा अचानक बेहोश भई पुन: कम्पनीमा फिर्ता गरेकोमा कम्पनीको मालिकले आफ्नो घर तथा अफिसको काममा लगाई राखेको अनुसन्धानबाट खुल्न आएको छ ।

पीडित नेपाली राजदुतावासको सहयोगमा नेपाल फर्किएका छन् ।     पक्राउ परेकाहरू उपर मानवबेचबिखन तथा ओसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  १ : ३८ बजे