‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

एलन मस्कको सबैभन्दा ठुलो स्टारशिप रकेट परीक्षण गर्ने क्रममा विस्फोट

काठमाडौँ । एलोन मस्कको स्पेसएक्स कम्पनीको विशाल नयाँ रकेट, स्टारशिप, आफ्नो पहिलो उडानमा विस्फोट भएको छ।

स्थानीय समय अनुसार बिहीबार बिहान टेक्सासको पूर्वी तटबाट उडेको सो विमान परीक्षणको क्रममा नै  विस्फोट भएको हो, उक्त विस्फोटबाट कसैलाई पनि चोटपटक लागेको छैन। 

उडान सुरु भएको दुईदेखि तीन मिनेटपछि नै अहिलेसम्मको सबैभन्दा ठुलो विकसित रकेट नियन्त्रण बाहिर गएर खस्न थाल्यो  । रकेट हेर्दा हेर्दै टुक्रा टुक्रा भएर जमिनमा खस्न थाल्यो । 

स्पेस एक्सका इन्जिनियरहरूले बिहीबार भएको दुर्घटनालाई पाठको रूपमा लिएको जनाएका छन् । यो दुर्घटनाले रकेट परीक्षणका लागि धेरै नै ज्ञान दिएको छ, यसले परीक्षणका लागि आवश्यक डाटाहरूको संयोजन तथा मेसनरी सामग्रीको प्रयोग गर्ने तौर तरिकाको फरक पाटो देखाएको सो परीक्षण दुर्घटनापछि इन्जिनियरहरूले भनेका छन् । 

सो दुर्घटनापछि मस्कले भनेका छन्, कम्पनीले केही महिनापछि पुनः प्रयास गर्नेछ। ‘स्टार सिपको रोमाञ्चक परीक्षण प्रक्षेपणमा स्पेक्स एक्सको टोलीलाई बधाई छ, केही महिनामा अर्को परीक्षण प्रक्षेपणको लागि धेरै कुरा सिकियो,’ मस्कले ट्विट गर्दै भनेका छन् । 

सो रकेट यसअघि परीक्षण गर्ने भनिए पनि पटक पटक रोकिँदै आएकोमा बिहीबार परीक्षण गरिएको थियो, जुन परीक्षण गर्ने क्रममा विस्फोट हुन पुगेको बिबिसीले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ८ : ५२ बजे