‘एउटै नाउरको सिकार गर्न २३ लाख’

प्रकाश सपुतको ‘बोलमाया २’ आउँदै

काठमाडौं । यतिबेला यत्रतत्र सर्वत्र गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’को चर्चा भइरहेको छ। चर्चाको बाबजुद गीतले आलोचना समेत खेपिरहेको छ। तथापि गीतको भ्युज युट्युबमा रफ्तारमा बढीरहेको छ।

यसैबीच, करिब ४ वर्ष अघि बजारमा आएको प्रकाश सपुतको गीत ‘बोलमाया’को दोस्रो भाग आउने चर्चा चल्न सुरु गरेको छ। त्यसो त, ‘सकम्बरी’को बारेमा मिडियामा अन्तर्वार्ता दिनेक्रममा प्रकाशका भाई सुनिल बिकले ‘बोलमाया २’ आउने जानकारी दिएका हुन्।

दोस्रो भागको काम भइरहेको र जेठ लगत्तै बजारमा आउने सुनिलले अन्तर्वार्तामा बताएका छन्। दशैमा प्रकाश सपुतको डेव्यू चलचित्र ‘परदेशी २’ पनि रिलिज हुँदैछ।

बुझिए अनुसार प्रकाशले ‘परदेशी २’ भन्दा अघि ‘बोलमाया २’ बजारमा ल्याउनेछन्। चार वर्ष अघि रिलिज भएको ‘बोलमाया’लाई युट्युबमा २ करोड २० लाख बढीपटक हेरिएको छ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहिबार  ६ : ४४ बजे