साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

कर्णालीका तीन मन्त्रीको राजीनामा स्वीकृत

सुर्खेत ।  कर्णाली प्रदेशका तीन मन्त्रीको राजीनामा स्वीकृत भएको छ । प्रदेश सरकारमा सहभागी एमालेका तीन मन्त्रीले मंगलबार सामूहिक राजीनामा दिनुभएको थियो ।  

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिनुभएको थियो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिवार उहाँहरुको राजीनामा स्वीकृत गर्नुभएको हो ।  

तीनै जना मन्त्रीको राजीनामा स्वीकृत भएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । साथै रिक्त रहेका मन्त्रालयमा जिम्मेवारीसमेत तोकिएको छ ।

मुख्यमन्त्री कार्यालयका अनुसार रिक्त भएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शाहीले आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीलाई दिन्भएको छ  । यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीलाई तोकिएको छ ।  

कर्णाली प्रदेशमा एमाले सरकारबाट बाहिरिएपछि सरकारमा माओवादी केन्द्र एक्लै बनेको छ । अहिले मुख्यमन्त्रीसहित तीन मन्त्रीले सरकारको नेतृत्व गरिरहेका छन् । एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेका छन् । कर्णालीमा एमालेले आफ्नै नेतृत्वमा सरकार गठनको कसरत थालेको छ । 

केन्द्रमा एमालेभित्र दुई धार देखिए पनि कर्णालीमा भने आफ्नै नेतृत्वमा सरकार गठन गर्न एमाले एक ठाउँमा उभिएको छ ।  कर्णालीमा प्रदेश सभामा ४० सदस्य छन् । जसमा एमालेका सभामुखसहित २० जना , माओवादी केन्द्रका १३ सांसद भए पनि धर्मराज रेग्मी एमालेमा प्रवेश गरेपछि १२ जना सांसद छन् । यस्तै काँग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ५ : ५७ बजे