प्रधानन्यायाधीश सिफारिस गर्न बसेको संवैधानिक परिषद् बैठक निष्कर्षविहीन

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको संवैधानिक परिषद्को बैठक निष्कर्षविहीन भएको हो । 

बैठकपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय नभएको जानकारी दिनुभयो ।  उहाँले अर्को बैठक कहिले बस्छ, त्यो पनि टुङ्गो नभएको बताउनुभयो । 

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मङ्सिर २०७९ गतेदेखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की हुनुहुन्छ।

आजको बैठकमा प्रधानमन्त्री दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना र रक्षा मन्त्री पूर्णबहादुर खड्का सहभागी हुनुहुन्थ्यो । 

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  १० : ०७ बजे