प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक जारी

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक बसिरहेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा सिंहदरबारमा संवैधानिक परिषद्को बैठक बसेको हो । 

बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना छ । यसअघि प्रमुख तीन दलका नेताहरूको बालकोटमा बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको थियो ।

नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसनलगायत कानुन व्यवसायीहरूले सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति गर्न दबाब दिएसँगै संवैधानिक परिषद्को बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना र रक्षामन्त्री पुर्णबहादुर खड्का सहभागी हुनुहुन्छ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‌मा प्रधानन्यायाधीश, प्रतिपक्षी दलका नेता, सभामुख, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य रहने व्यवस्था छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ९ : ३४ बजे