दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

आजबाट बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने

काठमाडौँ  । बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आजबाट खुवाउन सुरु गरिँदै छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने जनाएको छ ।

यसैगरी, १२ महिनादेखि ५५ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि आजबाट नै खुवाइने मन्त्रालयले जनाएको छ । भिटामिन ए र जुकाको औषधी भोलिसम्म खुवाइनेछ । 

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । 

 

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ६ : ५९ बजे