राष्ट्रपति पौडेल शीतल निवासमै बेहोस, अस्पतालमा भर्ना

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल फेरि अस्वस्थ हुनुभएको छ । महाराजगन्जस्थित राष्ट्रपति भवन शीतल निवासमै बेहोस भएपछि उहाँलाई मंगलबार त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो । 

केही दिनअघि पनि राष्ट्रपति पौडेललाई पेटसम्बन्धी समस्या भएपछि त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएको थियो । उहाँलाई  के भएको भन्ने बारेमा पत्ता नलागेको र उपचार थालिएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ८ : ५७ बजे