दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

मलेसियाविरुद्धकाे खेलमा सन्दीपले लिए विकेट, नेपाललाई दोस्रो सफलता

काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाविरुद्ध नेपालले दोस्रो सफलता प्राप्त गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ५.५ ओभरपछि विकेटविहिन रहेको नेपालका लागि सन्दीप लामिछानेले ३३.२ ओभरमा कप्तान अमेद फैजलाई आउट गर्दै दोस्रो विकेट लिएका हुन् । यससँगै सन्दीपले ४२ ओडिआई खेलमा १०० विकेट पूरा गरेर विश्व कीर्तिमानी बनाएका छन् ।

अफगानिस्तानका राशिद खानको नाममा ओडिआईमा सर्वाधिक छिटो एक सय विकेट लिने कीर्तिमानी रहेको थियो । उनले २०१८ मा ४४ ओडिआई खेलमा १०० विकेट पूरा गरेका थिए । आज मलेसियाविरुद्धको खेलमा सन्दीपले सा कीर्तिमानी तोडेका हुन् ।

यसअघि गुलशनले पहिलो सफलता दिलाएका थिए । गुलशनले १७ रनमा खेलिरहेका मोहम्मद अमिरको विकेट लिएका थिए ।

यस समाचार तयार पार्दासम्म टस जितेर ब्याटिङ रोजेको मलेसियाले ३४ ओभरमा २ विकेट गुमाएर १४१ रन बनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ११ : ३७ बजे