राष्ट्रपति पौडेलले दिए सेना परिचालन गर्न स्वीकृति

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १० गते हुने उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएकाे छ । 

राष्ट्रपति पाैडेलले  सुरक्षा परिषद्को सिफारिस र प्रधानमन्त्रीको पत्रको आधारमा सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएकाे हाे । 

उपनिर्वाचन स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न ‘एकीकृत सुरक्षा कार्य योजना, २०७९’ सेना परिचालनसम्बन्धी व्यवस्था छ । जसअनुसार अनुसार सुरक्षा निकायहरू बीच एकीकृत तथा समन्वयात्मक रूपमा सुरक्षा प्रदान गर्ने कामका लागि राष्ट्रिय सुरक्षा परिषद्को चैत २८ मा सिफारिस गरेपछि मन्त्रिपरिषद्को सोही दिनको बैठकले आवश्यक निर्णय गरेको थियो । 

त्यसको दुई दिनपछि अर्थात चैत ३० गते प्रधानमन्त्री प्रचण्डले लेखेको पत्रको आधारमा राष्ट्रपतिले संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरिएकाे हाे । 

उपनिर्वाचन वैशाख १० मा बारा २, चितवन २ र तनहुँ १ मा हुँदैछ । 

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ५ : ४८ बजे