यस्तो छ आजको विनिमय दर

८० वर्षीया बृद्ध महिलामाथि दुष्कर्म गर्ने ४० बर्षीय मुकेश पक्राउ

काठमाडौं ।  ८० वर्षीया बृद्ध महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दोधारा चाँदनी नगरपालिका–७ टाउके टोल बस्ने ४० वर्षीय मुकेश क्षेत्रीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । क्षेत्रीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

यसगरी प्रहरीले  १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा टोखा नगरपालिका–९ दिपज्योती बस्ने तनहुँ शुक्ला गण्डकी नगरपालिका–११ घर भएका ३१ वर्षीय कृष्ण बहादुर महतलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । महतले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उता झापामा  १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका४ नयाँबस्ती बस्ने ३० वर्षीय मुसलिम अन्सारीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । अन्सारीले ती किशोरीलाई सोही ठाउँस्थित मकैबारीमा घाँस काट्दै गरेको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।    

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ४ : ५१ बजे