साफ यू–१७ च्याम्पियनसिप आजदेखि

काँग्रेसलाई बोक्दा निर्वाचनबाट  हराएको  माओवादी 

देशको तीन जिल्लामा उपनिर्वाचन हुँदै छ । उपनिर्वाचनलाई आफ्नो पक्षमा पार्नका लागि  मुख्य पार्टीहरू चुनावी मैदानमा खटिएका छन् । काँग्रेस–एमाले जस्ता देशका ठुला पार्टीले निर्वाचन आफ्नो पक्षमा पार्न   आ–आफ्नो पार्टीका तर्फबाट  कमान्डर नै बनाएर खटाएका छन् । आउँदो वैशाख १० गते हुने निर्वाचनमा सिङ्गो देशको ध्यान तानिएको छ ।  निर्वाचन कुन पार्टीको उम्मेदवारले जित्छ भन्ने अनुमानका गफहरूले देशका चिया पसलहरु गर्माएको छ ।

यस पटकको निर्वाचनमा मुख्य राजनीतिक पार्टीहरू एमाले,काँग्रेस, रास्वपा ,जसपा र जनमत पार्टीले उठाएका उम्मेदवारका बिचमा चर्चा छ । यी पार्टीहरू मध्ये कुनै एक पार्टीको उम्मेदवारहरूले जित्ने लगभग पक्का छ ।  देशमा निर्वाचनका बारेमा जोडतोडका साथ चर्चा हुँदा माओवादी पार्टी भने यो चर्चाबाट हराएको छ ।

 

 यसो भनूँ माओवादी पार्टीले  उपनिर्वाचनमा आफ्नो पार्टीको तर्फबाट कुनै पनि क्षेत्रमा उम्मेदवार नै उठाएन । यो पार्टी अर्थात् माओवादी कुनै बेला देशकै सबै भन्दा ठुलो पार्टी थियो । तर, आज यो पार्टीले  जिल्लाका सबै क्षेत्रमा काँग्रेसी उम्मेदवारको पक्षमा  हात उठायो । काँग्रेसका उम्मेदवारलाई निर्वाचन जिताउने प्रतिज्ञा सहित काँधमा बोक्यो ।

 

 हिजो जनयुद्ध कालमा तीनै कांग्रेसीहरुलाई उनीहरू वर्ग दुस्मन देख्ने र ठाने गर्थे ।आज माओवादी नेता –कार्यकर्ताहरू  उनीहरूलाई अर्थात् कांग्रेसीजनहरुलाई क्रान्तिका नायक ठान्दै शिरमा बोकेर हिँड्दै छन् । माओवादीहरू हिजोआज काँग्रेसले जे जस्तो निर्देशन ग¥यो, त्यसैलाई शिरोपर गर्ने भएका छन् ।  माओवादीका अध्यक्ष एव देशका प्रधानमन्त्रीलाई काँग्रेसका महामन्त्रीले निर्देशन दिने गरेका छन् । प्रचण्डले यो गर्नु पर्ने,त्यो गर्नु पर्ने  गगनले दिनहुँको भाषण गर्दै हिँड्ने गरेका छन् ।  काँग्रेसका महामन्त्री गगनले हप्काउने शैलीमा प्रचण्डलाई दिएको निर्देशन पालना गर्छु भन्दै हिँड्नु प्रधानमन्त्रीको प्रचण्डको दिनचर्या बन्न पुगेको छ । कुन बेलाका देश थर्काउने प्रचण्ड अहिले गगनको गन्नगन्नले आफै  थर्किरहेका छन् । हाम्रो प्रधानमन्त्रीलाई फुर्सदै–फुर्सद भो भनेर उडाइरहेका छन् । उता, आफ्नो पार्टी काँग्रेसले भने अहिले सम्म प्रचण्डको सरकारलाई पूर्णता दिने विषयमा रुचि देखाइरहेको छैन । आफ्नो पार्टीले सरकारलाई गति दिने काममा सबै  मन्त्रीहरूको नाम समेत अहिले सम्म  नदिएर प्रधानमन्त्रीलाई अप्ठ्यारोमा पार्ने ।  तर, पनि काँग्रेसका महामन्त्रीले भने प्रधानमन्त्री प्रचण्डलाई एकोहोरो पेलिरहने ? 

गठबन्धनको नाममा काँग्रेसको इसारामा चल्नु माओवादीको नियति हो कि क्रान्ति हो ,त्यो माओवादीले नै जान्ने कुरा हो ।

 माओवादीका नेता–कार्यकर्ताहरूले यस पटकको उप निर्वाचनमा  आफ्नो पार्टीको कुनै पनि उम्मेदवारलाई चुनाव भएको कुनै पनि ठाउँमा  भोट माग्नै परेन । उनीहरूले काँग्रेसलाई भोट माग्दै काँग्रेसका उम्मेदवारलाई जिताउनका लागि हिँड्नु पर्ने अवस्था उत्पन्न भएको छ । कुनै बेला काँग्रेसलाई सामन्तको नाइके र वर्ग दुस्मन घोषणा गरेर उसलाई शत्रुको वर्गमा राखेर हिँडेका माओवादीका नेता –कार्यकर्ताहरू अहिले त्यही काँग्रेसको उम्मेदवारलाई भोट माग्नका लागि जनताका घरका ढोका ढकढकाउँदै हिँड्नु पर्ने अवस्था उत्पन्न भएको छ । 

 

 काँग्रेसको उम्मेदवारले चुनाव जित्यो भने देशमा जनवादी क्रान्ति सफल हुन्छ भन्ने तर्क गर्दै हिँड्न बिचरा माओवादीहरू विवश छन् । के हिजो माओवादीहरूले प्रचण्डले देखाएको क्रान्तिको बाटोमा समाज रूपान्तरणको सपना आँखामा बोकेर हिँडिरहँदा जीवनको कुनै मोडमा त्यही प्रचण्डले काँग्रेसलाई काँधमा बोकाएर हिडाउँछन भन्ने सोचेका थिए होलान् ? आज प्रचण्डले हिजो जसका विरुद्धमा  जाइलाग्न सिकाए , आज त्यसैलाई बोकेर हिँड्नु पर्ने परिस्थिति उत्पन्न भएको होइन र ? आज यस्तो परिस्थिति माओवादीका नेता–कार्यकर्तालाई किन आइलाग्यो भनेर कुनै माओवादीको नेता–कार्यकर्ताले प्रचण्डलाई प्रश्न उठाउन सक्छन् ?

के हिजो आफ्नो मात्रै होइन, परिवारको ज्यानलाई समेत हत्केलामा राखेर  माओवादी कार्यकर्ताहरू  आज प्रचण्डको आदेशमा काँग्रेसलाई बोक्न हिँडेका हुन ? के आज  अध्यक्ष प्रचण्डले सिङ्गो माओवादी पार्टीलाई काँग्रेसको सहयोगी दल बनाएको होइनन् र ?

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ४ : ४१ बजे