‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

दुबईकाे एक आवासीय भवनमा आगलागी : १६ जनाको मृत्यु, ९ घाइते

दुबई । यूएईकाे दुबईमा एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको ज्यान गएको छ । यस्तै ९ जना घाइते भएका छन् । एआई आरएस क्षेत्रमा रहेको भवनमा शनिबार दिउँसो आगलागी भएको थियो । 

ज्यान गुमाउनेमध्ये चार जना भारतीय नागरिक रहेको पुष्टि भइसकेको दुबई प्रहरीमा आबद्ध  भारतीय नागरिक नसीर भतनाप्पलीले बताएको गल्फ न्युजले लेखेको छ । यस्तै ज्यान गुमाउनेमा तीन पाकिस्तानी र केही नाइजेरियाका नागरिक रहेका छन् । केहीको अझै परिचय खुल्न सकेको छैन । 

भवन सुरक्षा व्यवस्थामा लापरबाहीका कारण आगलागी भएको बताएको छ । भवनमा आगलागी भएको जानकारी पाएको ६ मिनेटमै सुरक्षा टोली घटनास्थलमा पुगेको थियो । साढे १२ बजे लागेको आगो पौने तिनबजेभित्र नियन्त्रणमा आइसेको थियो ।
 

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  २ : ४० बजे