दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सेती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

सुदूरपश्चिम । सेती प्रादेशिक अस्पताल धनगढीमा आइसियु (सघन उपचार कक्ष)मा उपचाररत कञ्चनपुरकी कोरोना भाइरस सङ्क्रमित ७३ वर्षीय एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

झन्डै एक वर्षयता कोरोनाका कारण हुने मृत्युदर शून्य रहेको सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित महिलाको उपचारका क्रममा आज मृत्यु भएको हो ।

प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले मुटु रोगको समस्या भएकी महिलाको पिसिआर पद्धतिबाट गरिएको नमुना परीक्षणमा नतिजा ‘पोजेटिभ’ आएपछि छ दिनअघि अस्पतालको कोभिड वार्डको आइसियुमा  भर्ना गरिएको थियो ।

 

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  १० : ४४ बजे